डिन सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने डा. केसीको अडान

29
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,५

आमरण अनसनरत प्रा. डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. केशवप्रसाद सिंहलाई बर्खास्त गर्न माग गरेका छन् । सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने उनले बताए । त्रिविले कात्तिक २८ गते सिंहलाई डिन नियुक्त गरेको थियो । त्यही दिन डा. केसीले अनसन सुरु गरेका थिए । सरकारले डा. केसीको माग सम्बोधनको चरणमा रहेको भन्दै अनसन स्थागित गर्न आग्रह गरेको छ । तर, डा. केसीले भने डिन सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने बताए । डा. केसीले राजनैतिक दल तथा माफियाहरुले संस्थागत त्रि.वि.वि शिक्षण अस्पताललाई नाफामुलक संस्थाको रुपमा परिणत गर्न चिकित्सा शिक्षा ऐन बन्न नदिने षड्यन्त्र रचेको आरोप लगाएका छन् । त्यस्तै, राष्ट्रिय वायु सेवा निगम, ट्रली बस, कपडा उद्योग, सिमेन्ट उद्योग, रोयल ड्रग्स लगायतका ठूल्ठूला उद्योगहरुलाई जस्तै शिक्षण अस्पताललाई पनि राजनैतिक माफियाले आˆनो अड्डा बनाएर शोषण गरेको डा. केसीको आरोप छ । अरुण सायमी पनि वरिष्ठताका आधारमा डीन नियुक्त हुन सक्थे नि भन्ने प्रश्नमा डा. केसीले भने, ‘उनी पहिला पनि डिन भइसकेको र हालको माफिया हुन् । यो स्थितिको सिर्जना गरेकै उनैले हो । उनीसागै अरुपनि छन्’ । उनले डा. सायमीको दवावमा डा. राकेश श्रीवास्तवलाई राजीनामा दिन बाध्य पारिएको आरोप लगाए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here