डिफेन्डीङ च्याम्पियन बिजय युथ क्लब हेटौँडा सेमिफाईनलमा

26
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२३-
सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतवार भएको खेलमा सडन डेथमा संघर्षपूर्ण जित हात पार्दै बिजय युथ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकर पनि ३–३ को बराबरीमा रोकिएपछि नतिजा सडन डेथबाट निस्किएको थियो । सडन डेथमा सरस्वतीका तिर्थ बस्नेतले प्रहार गरेको बल पोष्टमा ठोक्किदा बिजय युथका अशोक थापाले बिजयी गोल गरेका थिए ।  यसअघि निर्धारित समयमा दुबै टिमले बराबरी खेले । निकै रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्ने थुप्रै अवसर चुकाएका थिए । खेलको ५औ मिनेटमा बिके लामाले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिला बिजय युथले सुरुवातमै अग्रता लिने अवसर गुमाउन पुग्यो । खेलको २ मिनेटमा सुनिल बलले गोल गर्ने अर्को अवसर चुकाए । सुजित बुढाथोकीको पासलाई बलले पोष्टको दिशा दिन सकेनन । प्रतिस्पर्धात्मक पहिलो हाफको २० औ मिनेटमा सरस्वतीका रमेश घिसिङले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टनजिकैबाट बाहिरियो । आपसी तालमेल बनाएका दुबै टिमको फिनिसिङ पक्ष भने कमजोर देखियो । खेलको दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा फर्मेसन परिवर्तन गरेको बिजय युथले सरस्वतीविरुद्ध केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन् । दोस्रो हाफमा दुबै टिमले रक्षात्मक खेल प्रस्तुत गरेपछि निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सरस्वतीका जोनम लिगल, सेनेहाङ लिम्बु, रमेश घिसिङले गोल गर्दा दिपेश श्रेष्ठको बल बिजय युथका गोलरक्षक अशोक बरालले बचाउ गरे । सरस्वतीका अर्का खेलाडी सबिन खड्काका प्रहार भने क्रसबारमाथी बाट बाहिरियो । बिजय युथका सुनिल बल, सुरज बिष्ट र अविशेक रिजालले बललाई जाली चुमाउदा सन्जय राजबाहकको बल पोष्ट नजिकैबाट बाहिरिन पुगेको थियो । बिजय युथका बर्षात गुरुङको प्रहार भने  सरस्वतीका गोलरक्षक कृष्ण चौधरीले बचाउ गरे । रोमाञ्चक टाईब्रेकरमा नजिता ननिस्केपछि खेल सडन डेथमा पुगेको हो । सरस्वतीका प्रशिक्षक कृष्ण गोपाल श्रेष्टले अवसरको सदुपयोग गर्न नसक्दा नजिता अरुलाई सुम्पनुपरेको बताए । बिजय युथका प्रशिक्षक सुविन घिमिरले पनि फिनिसिङ पक्ष भने कमजोर देखिएको बताए । खेलको म्यान अफ दि म्याच बिजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले पाच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बिच खेल हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here