डोटीमा जीप दुर्घटना, ९ को मृत्यु, ६ घाइते

47
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२१-

जिल्लाकाे बोगटान गाउँपालिका–६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दिपायलबाट यात्रु लिएर बोगटान क्षेत्रका लागि हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप राति १० बजे दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बोगटान गाउँपालिका—१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकी २८ वर्षीय चालक विष्णु नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिव पाँच घन्टाको दूरीमा भएकाले घाइतेहरुको उपचारमा समस्या भएको छ । शैलेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष गणेशबहादुर मलासीले दिएको जानकारी अनुसार, घाइते बोकेर आएको अर्को जीप के आई सिंह गाउँपालिका–१ को ध्याडीखोला भन्ने ठाउँमा पहिरो गएका कारण उतै रोकिएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन । दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here