ड्रोन क्यामरा उडाएको आरोपमा तीन जना अमेरिकी पक्राउ

28
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर १३ – पर्वतको सदरमुकाम कुश्मा बजारमा ड्रोन क्यामरा उडाएको आरोपमा प्रहरीले तीन जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो पक्रेको छ । पर्वतको बड्गाउँ स्थित झोलुङ्गे पुल वरपर ड्रोन क्यामरा उडाइरहेको अवस्थामा अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको हो । पक्राउ परेका अमेरिकी नागरिकमा रोर्बट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन रहेका छन् । उनीहरु मुक्तिनाथबाट पोखरा फर्कने क्रममा अग्ला पुलमा अवलोकनका लागि आएका थिए । उनीहरु मोटरसाइकलमा मुस्ताङ्ग पुगेर फर्किएको प्रहरीले जनाएको छ ।  ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्वेदनशील छ । त्यहाँबाट सशस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ । प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले ड्रोनबाट कुस्मा, अग्लो पुल र वरपरको भिडियो नखिचिएको जानकारी दिनुभएको छ । ‘उनीहरुले क्यामराले अरु नै भिडीयो खिचेको बताएका छन्’ उहाँले भन्नुभयो । ड्रोन क्यामरा भने अनुमति बिना चलाएको पाइएकोले प्रहरीले नै नियन्त्रणमा राखेको छ । ‘कागजात लिएर आएपछि फिर्ता गर्छौ’ उहाँले भन्नुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here