ढाकामा जब ‘रगतको खोला’ बग्यो …

68
Want create site? Find Free WordPress Themes and plugins.

मुसलमानहरुको कुर्वानीको पर्व ईद अल अदाको दिन मंगलबार बंगलादेशको राजधानी ढाकाको सडकमा रगताम्य देखियो । यसपटकको ईद बर्षाले प्रभावित रहृयो । बर्षाको केहि घण्टापछि नै ढाकाका सडकमा पानी जम्मा हुन थाल्यो तर सडकमा रातो रंगको पानी बग्न थाल्यो । कुर्वानीको लागि बली दिइएको जनावरको रगत बर्षाको पानीसँगै मिसाइएको थियो र  त्यसपछि के भयो सबैले देखेकै छन् ।बंगलादेशको मौसम पूर्वानुमान बिभागले ईदको दिन भारी बर्षा हुने अनुमान गर्दै यसअघि नै चेतावनी दिइसकेको थियो । मंगलबार बिहानको नमाज पढ्ने समयदेखि नै भारी बर्षा सुरु भएको थियो र यो क्रम साँझसम्म नै चल्यो । मुसलधारे पानीका बाबजुद ढाकाका मानिसहरु बिहान ईदको नमाज प्रार्थाना गर्न गए र त्यसपछि जनाबरको बली दिए । बंगलादेशको प्रमुख अखवार ढाका ट्रिब्युनले लेखेको छ, ‘बर्षाको पानीले ढाकाको थुप्रै स्थान जलमग्न भएको छ र त्यहाँ पानी र रगतको मिश्रणले अजीवको दृश्य देखिएको छ । यस्तो लागेको छ कि ढाकाका सडकमा रातो नदी बगिरहेको छ । ढाकाका रगताम्य सडकको तस्वीर थुप्रै मानिसहरुले सामाजिक सञ्जालमा अपलोड गरेपछि सरबारे सरकारले तत्कार कारबाही प्रक्रिया अगाडि बढाएको छ । तस्वीर देखेर मानिसहरुले फोटोसपको प्रयोग गर्को अनुमान पनि गरे तर तस्वीर सक्कली नै थियो । ढाकाका बासिन्दाले यस्तो हुनुमा दुई नगर निगमलाई आरोप लगाएका छन् । यद्यपी त्यसपछि उनीहरुबीचनै आरोप प्रत्यारोप सुरु भएको छ । भारी बर्षाले मानिसहरुलाई समस्यामा पारेको थियो ।बर्षाका कारण मानिसहरुले बधगर्ने स्थानसम्म जान समेनन् वा धार्मिक कर्मकाण्डको लागि घरमै बलि दिनुपर्ने सोचका कारण पनि यस्तो भएको हो । ढाकाका १ हजारभन्दा बढी बधशाला बन्द भएपछि मानिसहरुले आफ्नै घरको आँगनमा वा ग्यासरेजमा बलि दिएका थिए । धेरै मानिसहरुले यो आरोप लगाएका छन् कि प्रचार प्रसारको कमीका कारण यस्तो समस्या उत्पन्न भएको हो । केहिले भने बलशाला आफ्नो घरभन्दा टाढा निर्धारण गरिएकाले मानिसहरुको सर्वसुलभ पहुँचबाट बाहिरिएको गुनासो गरेका छन् । गत बर्ष सिटी कर्पोरेसनले सामूहिक बधका लागि मानिसलाई प्रोत्साहन गर्नका लागि अभियान सुरु गरेको थियो । ‘म अघिल्लो बर्ष मोहम्मदपुरको एक स्थानमा बधका लागि गएको थिएँ तर यस बर्ष कहाँ बध गरिन्छ भनेर मलाई जानकारीसमेत भएन ।’ ढाकाका बासिन्दालाई उदृत गर्दै ढाका टि्रब्युनले छापेको छ । ढाकाका स्थानीय अधिकारीहरुले पनि बर्षापछि पानी जम्ने समस्या नयाँ नभएको र यो समस्या समाधानका लागि काम भइरहेको बताएका छन् । ढाका साउथ सिटी निगमका फोहोर ब्यबस्थापन अधिकृत खान्डेकर मिलातुल इस्लामले भनेका छन्, ‘हामीले पहिलेदेखि नै मनिकनगरमा पानी जम्ने समस्या समाधान गर्ने परियोजनाका लागि निर्देशन गरिसकेका छौं, आशा छ कि काम द्रूत गतिमा हुनेछ ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here