ढुङ्गा गिट्टी बालुवाको उत्खनन् सम्बन्धी सूचनाकालागि पत्रकार पुडासैनीद्धारा निवेदन पेश

50
Want create site? Find Free WordPress Themes and plugins.

कार्तिक ३÷मकवानपुर केही समय यता सूचनाको हक प्रयोगमा वृद्धि हुँदै गएको छ । विभिन्न समयमा विभिन्न पत्रकारहरुले सूचनाको हक प्रयोग गर्दै जिल्ला विकास समितिको कार्यालय मवानपुरमा निवेदन दर्ता गराएका छन् ।
यसै क्रममा (आज) बुधबार ढुङ्गा गिट्टी बालुवाको उत्खननको सूचनाको प्रमाणित प्रतिलिपिका लािग पत्रकार बलराम पुडासैनीले निवेदन दर्ता गराउनुभएको छ । उहाँले वि.सं. २०७२ माघ २० गतेको मन्त्री परिषदको निर्णय अनुसार कुन कुन स्थानमा क–कसलाई कहिले ढुङ्गा गिट्टी बालुवा तथा माटोजस्ता निर्माण सामग्रीहरु हालसम्म उत्खनन् गर्न दिईयो सोको प्रमाणित प्रतिलिपि, सम्बन्धित आयोजनाले गर्ने उत्खनन्कालागि तोकिएको प्रकृया र निर्णयको प्रमाणित प्रतिलिपि, हालसम्म उत्खनन् गरिएको परिमाणको विवरण समावेश प्रमाणित प्रतिलिपि, जिल्ला परिषदले तोकेको दरमा आयोजनाले विभिन्न मितिमा राजस्व दाखिला गरेको प्रमाणित प्रतिलिपि, संकलित राजस्व दाखिला गरिएको जिल्ला वन तथा आरक्षको नामावलीसहित दाखिला गरिएको मितिको प्रमाणित प्रतिलिपि तथा २०७२ माघ २० गतेपछि मकवानपुर जिल्लामा संचालन गरिने वा गरिएको नेपाल सरकारका विकास आयोजनाहरुका प्राप्त लागतको प्रमाणित प्रतिलिपिको माग गर्दै सूचना दर्ता गराउनु भएको हो । उहाँले दर्ता गरिएको सूचनामा सूचना उपलब्ध गराउने खाकाको नमुना समेत पेश गर्नुभएको छ ।
(चन्द्र घलान)

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here