तयार भयो उड्ने कार, कसरी चल्छ ?

39
Want create site? Find Free WordPress Themes and plugins.

अहिलेसम्म उड्ने कार भन्ने कुरा साइन्स फिक्सनको विषय मात्र रहेको थियो । दशकौँसम्म वैज्ञानिकहरुले साहित्यको यो कल्पनालाई यथार्थमा उतार्ने कोसिस गरिरहे । तर पोर्चुगलको एक प्रविधि कम्पनीले उड्ने कार बनाउन सफल भएको छ र अब छिटै यसलाई लञ्च गर्दैछ । कम्पनीले यसको परीक्षण गरेको छ । यसमा हवाइ तथा सडक यातायातको नियमको पनि ख्याल गरिएको छ । यो कारमा विमानमा जस्तै तिनवटा पांग्रा छन् । यसको माथि हेलिकप्टरमा जस्तै ब्लेडवाला फोल्डिङ पंखा रहेका छन् जसले कारलाई माथि हावामा उडाउँछ । पछिल्लो भागमा प्रोपेलर रहेको छ जसले कारलाई हावामा जोडसँग अगाडि बढाउँछ । सुरक्षाको दृष्टिले यसमा १ सय हर्सपावरका दुईवटा इन्जिन रहेका छन् । यो कार हावामा १७७ किलोमिटर प्रतिघण्टा तथा जमिनमा १६१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्न सक्दछ । यसलाई सडकबाट हावामा जानका लागि १० मिनेटको समय लाग्दछ । यो कारमा पाइलट समेत दुई जना बस्ने ठाउँ छ । यो कार चलाउनका लागि लाइसेन्स चाहिन्छ तर अहिले कार चलाइरहेको लाइसेन्सले काम गर्नेवाला छैन । कम्तिमा पनि २५ घण्टाको उडान अनुभव आवश्यक हुन्छ लाइसेन्स लिनका लागि । यो उड्ने कारको भाउ कति होला ? कम्पनीका अनुसार यसको बेसिक मोडेलको मूल्य ४ लाख डलर अर्थात् ४ करोड रुपैयाँ भन्दा बढि पर्नेछ ।
बीबीसी

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here