तस्बिरका लागि हैन, नुहाउनका लागि साहरुखको घर छिरेका एक फ्यान

33
Want create site? Find Free WordPress Themes and plugins.

बलिउड नायक साहरुख खानका विश्वमा करोडौ फ्यान छन् । तर, साहरुख भने अब आफ्नो फ्यान आफै बनेर चलचित्रमा देखिदैछन् । सुपरस्टार र फ्यान दुबै बनेर उनले अभिनय गरेको चलचित्र ‘फ्यान’ अपि्रल १५ मा विश्वभर रिलिज हुँदैछ ।

उनै साहरुखले चलचित्रको एन्थम गीत रिलिज गर्ने क्रममा एक फ्यानसँगको भेटलाई पत्रकारसामु सुनाएका थिए । तपाइलाई फ्यानको त्यस्तो कुनै गतिविधी याद छ जुन रमाइलो थियो भन्ने प्रश्नमा साहरुखले भने-‘एक दिन एक फ्यान मेरो घरमा घुसेका थिए । उनी मेरो घरमा घुसे र कपडा खोलेर स्विमिङ पूलमा पौडन थाले । मेरा गार्डले उनलाई समातेर सोधेका थिए ।’ ती फ्यानले आफूलाई भेट्न नआएको साहरुखको भनाई थियो ।

पछि जब साहरुखलाई यो कुरा थाहा भयो, उनले ती फ्यानलाई भेटेर के तिमी मसँग फोटो खिच्न आएका हौ’ भनेर सोधेका थिए । तर, ती फ्यानले साहरुखसँग तस्बिर खिच्न वा अटोग्राफ लिन इन्कार गरे । साहरुखका अनुसार फ्यानले भने-‘म साहरुख खान पौडिने स्विमिङ पूलमा पौडी खेल्न चाहन्थे । अब मेरो सपना पुरा भयो ।’

साहरुखले आफूलाई एक महिला फ्यानले डराएको पनि बताए । उनका अनुसार पुरुष फ्यान उनका मिल्ने साथी हुन् जो संवेदनशिल हुन्छन् । उनले आफू एक सामान्य मानिस भएकाले पनि उनलाई सबैले आफ्नो जस्तै संझने गरेको बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here