तिर्थयात्री बोकेको बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

26
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,२४–
हलेसी दर्शन गरेर फर्कने क्रममा उदयपुरको लेखानी गाविसमा भएको सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ । तिर्थयात्री बोकेको बस लेखानी–६ मा दुर्घटना हुँदा घटनास्थलमै तीन जना र एकजना कटारी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरञ्जीवी कोइरालाका अनुसार ज्यान जानेमा सप्तरी मघुपट्टी–६ श्रीनगर गाउँ बस्ने ३३ वर्षकी कुसुमदेवी राम, ६० वर्षकी सरस्वती देवी राम, १३ वर्षे बालक दिपेश राम र ७० वर्षे ठकन राम रहेका छन् । कटारी अस्पतालका अनुसार गम्भीर घाइते भएका ६ जनालाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिर्फर गरिएको छ । जसमा श्रीनगर गाउँका ललन पासवान, नहरा बिक, बिन्दा पासवान, पर्मिला सदा, खुसरी राम र अनिलकुमार राम रहेका छन् । सामान्य घाइते मध्ये १५ जनाको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बसमा चालकसहित ४२ जना यात्रु थिए । हलेसी पुगेर सप्तरी फर्की रहेको ना ४ ख ३६२० नम्बरको बस उदयपुरको कटारी–घुर्मीको लेखानी–६ मा शुक्रबार बिहान दुर्घटना भएको हो । बस सप्तरीको जनचेतना दलित संगम मघुपट्टी नामक गैरसकारी संस्थाले आफ्ना सेवाग्राहीलाई हलेसी दर्शन गराउन लगेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here