तीन दिनभित्र सीमाना निर्धारण आयोगलाई विवरण दिन निर्देशन

28
Want create site? Find Free WordPress Themes and plugins.

असोज ३० – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार मुख्यसचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले तीन दिनभित्र सीमाना निर्धारण आयोगलाई विवरण दिन निर्देशन दिएकाे छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउँदै शीघ्र सम्पन्न गर्न प्रत्येक नगरपालिकाको वडागत रुपमा जनसंख्याको विवरण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकाे हाे ।  बैठकले प्रत्येक गाविस र इलाकागत जनसंख्याको विवरण मन्त्रालयले आयोगलाई तीन दिनभित्र उपलब्ध गराउन पनि निर्देशन गरेको छ । विवरणका अतिरिक्त अन्य निकायबाट समेत विवरण आवश्यक भएमा आवश्यकताअनुसार नेपाल सरकारका सम्बद्ध निकायसँग समन्वय गरी मन्त्रालयले आयोगलाई आवश्यक पर्ने विवरणहरु यथाशीघ्र उपलब्ध गराउनु पर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबारनै एक विज्ञप्तिमार्फत जनाएको छ । बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, मध्यमाञ्चलका क्षेत्रीय प्रशासक तथा मन्त्रालयका निमित्त सचिवलगायतका पदाधिकारीको उपस्थिति थियो । – रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here