तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

50
Want create site? Find Free WordPress Themes and plugins.

असार,२२-

दाङको तुलसीपुर नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेको छ । मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य विजयी भएका हुन् । मेयरमा जित हासिल गरेका घनश्याम पाण्डेले २२८५७ मत ल्याएका छन् । पाण्डेलाई सुरुदेखि नै पछ्याएका कांग्रेसका गेहेन्द्र गिरी १८९०३ मत ल्याएर पराजित भए । यहाँ माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवारको पक्षमा ८६९३ मत परेको छ । एमालेकी माया आचार्य २१०३७ मतका साथ उपमेयरमा विजयी भएकी छन् । कांग्रेसकी देबिका नेपालीलाई २०१८५ मतमा रोक्दै आचार्यले जित सुनिश्चित गराएकी हुन् । माओवादीकी उपमेयर उम्मेदवार सीता ओलीले ९०५१ मत पाइन् । योसँगै दाङको सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । एमाले ६ स्थानीय तह जित्दै पहिलो बनेको छ भने ६, कांग्रेसले ३ र माओवादीले १ स्थानीय तह जितेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here