तेश्रो हेटौँडा गोल्डकप फागुन ५ गतेबाट सुरु

7
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,२-

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले  हरेक वर्ष आयोजना गर्दै आएको हेटौँडा गोल्डकप फागुन ५ गते बाट सुरु हुने भएको छ । प्रतिष्ठानले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हुने र हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगिता हुने आयोजकले बताएको छ । आज प्रतियोगिताको खेल तालिका सार्वजानिक गर्दै आयोजकले सम्पुर्ण तयारी समेत भईसकेको बताइएको छ ।

प्रतियोगितामा ८ टीम सहभागि हुर्दै छन्, । सहभागि टीमहरुमा विजय युथ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी , सुदुरपश्चिम ११, थ्रि स्टार क्लब, मनाङ मस्र्याङ्दी , एपिएफ र संकटा क्लब रहेको प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विशाल घोषले बताए । प्रतियोगिताको लागि ६० लाख रुपैँया लागत लाग्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । फागुन १२ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता क्लबले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो खेल मनाङ मस्र्याङ्दी र  एपिएफ बीच हुने घोषले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन भने उत्कृष्ट विधाका पाँच जनाले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद ५ हजार प्राप्त गर्नेछन् । सम्मेलन प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको सभापतित्वमा भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here