त्रिशुलीमा हराएका घिमिरे नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टी

31
Want create site? Find Free WordPress Themes and plugins.

असोज १४ – गाडी दुर्घटनामा त्रिशूली नदीमा हराएका पूर्व गृहमन्त्री माधव घिमिरेसहित उहाँका दुई भाइ नभेटिएपछि आफन्तले कुशको शव बनाएर दाहसँस्कार गरेका छन् । बेपत्ता भएको ६ दिनसम्म पनि नभेटिएपछि आफन्तले शुक्रबार पशुपति आर्यघाटमा आमा चैतन्यकुमारीको शवसँगै घिमिरे र उहाँका दुई भाइको अन्त्येष्टी गरेका हुन् । गएको आइतबार घिमिरेसहित ७ जना चढेको गाडी मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट खसेको थियो । दुर्घटनामा आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले, घिमिरेका निजी सुरक्षाकर्मी सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको शव त्यही दिन फेला परेपनि तीन जनाको शव भेटिएको छैन । दुर्घटनामा गाडी चालक भने घाइते भएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here