त्रिशुली दुर्घटना अपडेट : किशोरीको शव निकालियो, एक अझै बेपत्ता, उद्धारकर्ता घाइते

3
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२७- 

माघ २७ – शनिबार बिहान धादिङको सलाङघाटमा भएको दुर्घटनामा परेर हराएकी किशोरीको शव निकालिएको छ ।सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीय युवती उन्नति गुप्ताको शव जिप भित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सिनाले जानकारी दिनुभयो । टुचिनको सहायताले जिप भित्र रहेको किशोरीको  शव निकालिएको थियो । यसअघि नेपाल सरकारका सिँचाइ मन्त्री रामानन्दप्रसाद यादवको शव पानीभित्रबाट चालकको सिटबाट सिटबेल्ट काटेर निकालिएको थियो । सशस्त्र प्रहरीको कुरिनटरबाट गोताखोरको टोलीले पानीभित्र पसेर शव निकाल्ने र गाडी बाँध्ने काम गरिरहेको बेला उद्धारमा खटिएका सशस्त्र प्रहरीका हबल्दार तारानाथ चपाइ गम्भीर घाइते हुनुभएको छ । उनलाई अन्य गोताखोरको टोलीले उद्धार गरी सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडाैंको नेपाली सेनाको अस्पतालमा लगिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो ।

सिँचाइ मन्त्रालयका सचिव यादव कपिलबस्तुबाट छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा आफैले हाँकेको बा २ झ ३१४० नम्बरको जीप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशुली नदीमा  खसेको थियो । दुर्घटनामा यादवका छोरा २२ वर्षीय सन्तोष अझै हराइरहेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here