थाइल्याण्ड लैजान लागेको पाँच किलो चरेशसहित २ नेपाली पक्राउ

190
Want create site? Find Free WordPress Themes and plugins.

साउन,१-

प्रहरीले थाइल्याण्ड लैजान लागेको अवैध लागू औषध ५ किलो चरेशसहित २ जना नेपालीलाई पक्राउ गरेको छ । धादिङ दार्खाका ३६ वर्षीय रविनकुमार गुरुङ र ३० वर्षीय कुमारसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न २ जनामध्ये पहिला कुमारलाई शुक्रबार विहान नौं बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्ड जाँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा ५ किलो चरेश सहित पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ परेका कुमारले दिएको बयानको आधारमा सोही दिन मुख्य अभियुक्त रविनलाई पनि पक्राउ गरी नियन्त्रणमा लिइएको व्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्नेतले जानकारी दिए ।

रविन मुख्य अभियुक्त भएको पाइएको र उनकै निर्देशनमा कुमारले सुटकेशमा राखेर थाइल्याण्ड चरेस लैजान लागेको प्रहरीको भनाइ छ । प्रहरीले अभियुक्त कुमारको साथबाट ८ सय अमेरिकी डलर, निजको नाममा रहेको राहदानी १ थान र हवाई टिकटसमेत बरामद गरेको छ । प्रहरीले अभियुक्तहरु यसअघि पनि लागू औषध कारोबारमा संलग्न रहेको पाइएको आशंका गर्दै थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । अभियुक्तहरुले इन्डोनेशियामा पनि लागू औषध कारोवार गर्ने गरेको बुझिएको वरिष्ठ प्रहरी उपरीक्षक बस्नेतले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here