थाहा नगरमा स्वास्थ्य बिमा गर्नेको संख्या न्यून, यस कारण कम भयो बिमा गर्नेको संख्या

12
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२०-

महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न हरेक नागरिकले ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने अवधारणा अनुरुप मकवानपुरमा पनि ‘स्वास्थ्य बिमा’का दर्ता सहयोगीहरु हरेक वडाहरुमा खटिरहेका छन । हाल बिमाबारे उचित ज्ञान नहुदा न्यून प्रतिशतमात्रै बिमितहरु रहेका छन ।

मकवानपुर जिल्लाभर हालसम्म २७ हजार ८ सय ५८ जनाले स्वास्थ्य बिमा मार्फत सदस्यता लिएका छन । बिमा गरेपछि बिमितले योग, पोषण शिक्षा, बानी व्यवहार सुधार, मनो–सामाजिक परामर्श जस्ता प्रवद्र्धनात्मक सेवा, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा, बहिराङ्ग, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवा ,निदानात्मक वा पुनस्र्थापना सम्बन्धी सेवा, एम्बुलेन्स सेवा तथा तोकिए बमोजिमका अन्य सेवाहरु पाउँछन् । तर थाहा नगरपालिका वडा नं ७ का स्वास्थ्य बिमा दर्ता सहयोगी लक्ष्मी रुम्बा भन्नु हुन्छ ‘जनमानसमा स्वास्थ्य बिमा बारे स्पष्ट जानकारी तथा जनचेतना छैन त्यसकारण पनि सोचेबमोजिम बिमा गराउन सकिएको छैन तर सम्बन्धित निकायले सचेतनाका कार्यक्रमहरु गरेमा स्वास्थ्य बिमा प्रभावकारी हुनका साथै बिमा गराउन समेत सहज हुन्छ ।’ उहाँ जस्तै थाहा नगरपालिकाको १२ वटै वडामा १२ जना दर्ता सहयोगीहरु कार्यरत छन । थाहा नगरपालिका भित्र मात्र हाल सम्म ६सय ८१ घर परिवार तथा २ हजार ९ सय २९ जनाले सदस्यता लिएका छन । जसमध्ये पनि थाहा नगरपालिका वडा नं ७ मा मात्र जम्मा ४५ जनाले स्वास्थ्य बिमाको सदस्यता लिएका छन । सचेतनाको कमिको कारण निक्कै नै न्युन मात्रामा बिमाको कार्य भएकोले अब चाँडै नै जनचेतनाका कार्यक्रम ल्याउने तयारमा रहेको मकवानपुर जिल्ला जिल्लाका स्वास्थ्य बिमा दर्ता अधिकारी शुष्मा आचार्यले बताउनुभयो । मानिसहरुमा सरकारी स्वास्थ्य संस्था प्रति अभिरुची भएको कारण पनि बिमा गर्न नमान्ने गरेको पाइएको दर्ता अधिकारी आचार्य भन्नुहुन्छ ।

बिमितले सम्झौता अनुरुप बिमाको कार्ड लिएर नजिकको स्वास्थ्य संस्थाबाट प्राथमिक उपचार प्राप्त गर्न सक्दछन् । गम्भीर समस्या भए प्राथमिक स्वास्थ्य संस्थाबाट बिमा बोर्डले तोकेको व्यवस्थाअनुसार रिफर भएर माथिल्लो तहको संस्थामा उपचार गर्न सकिने व्यवस्था रहेको छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत थाहा नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट हालसम्म २ सयको हाराहारीमा प्रेसर र सुगर, अनि सामान्य रुघाखोकीका समस्या भएका बिरामीले उपचार सेवा लिएको डाक्टर रिनेश अधिकारीले जानकारी दिनुभयो । हालसम्म स्वास्थ्य बिमामा सदस्यता भएका बिरामीहरुले ६० हजार बराबरको स्वास्थ्य उपचार सेवा, ओपीडि सेवा, ल्याब, ड्रेसिङ लगायतका सेवा लिएका छन भने ३० हजार बराबरको औषधी सेवा पालुङ स्वास्थ्य प्राथमिक केन्द्र मार्फत लिइसकेको अधिकारीले बताउनुभयो । बिमामा आवद्ध हुनका लागि पारिवारिक इकाइका आधारमा अहिले पाँच जनाको परिवारले २५ सय रुपैयाँ तिरेमा ५० हजारसम्म उपचार सेवा पाउने व्यवस्था छ । मकवानपुर भर १ सय २८ जना दर्ता सहयोगी मार्फत स्वास्थ्य बिमा भैरहेको भए पनि थाहा नगरपालिकाको चित्लाङमा भने दर्ता सहयोगीले ब्यक्तिगत समस्याका कारण कार्यमा समय दिन नसक्दा हाल १ सय २७ जना रहेको जिल्लाका दर्ता अधिकारी आचार्यले बताउनुभयो । ‘हरेक वडामा कार्यरत दर्ता सहयोगीहरुको ब्यक्तिगत समस्याको कारण पनि बिमाको कार्यले तिब्रता लिन नसकेको हो र दर्ता सहयोगीहरुको हेरफेर तथा नयाँ नियुक्तिको लागि प्रयास समेत भैरहेको छ’ उहाँले भन्नुभयो । हाल सम्म जिल्ला भरीको जम्मा ७ प्रतिशत जनसंख्याले मात्र बिमा गरेको तथ्याङ्क रहेको तर यो आर्थिक बर्ष भित्रमा जम्मा जनसंख्याको २० प्रतिशत सकाउने लक्ष्य रहेको समेत उहाले जानकारी दिनुभयो ।

तस्बिर–गुगल

सबै नागरिकलाई अनिवार्य रुपमा स्वास्थ्य बिमा गराउने व्यवस्था सहितको स्वास्थ्य बिमा ऐन २०७४ राष्ट्रिपतिबाट प्रमाणिकरण भए अनुसार स्वास्थ्य बिमामा आवद्ध हुन प्रत्येक परिवारलाई इकाइका रुपमा मानिने र परिवारका सबै सदस्य स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुनु पर्ने व्यवस्था छ ।

गरिबीको रेखामुनी रहेका र प्रिमियम तिर्न नसक्ने परिवारका हकमा सरकार आफैंले रकम तिरिदिने व्यवस्था राखिएको छ । नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ । यस्तै वृद्घाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने, राष्ट्र सेवक मानिने व्यक्ति तथा बैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु पर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here