थ्रिस्टारलाई स्तब्ध पार्दै आर्मी सेमिफाईनलमा हेर्टौँडालाई बदला लिने अबसर

53
Want create site? Find Free WordPress Themes and plugins.

धर्मेन्द्र दाहाल
हेटौँडा÷ रुस्लान थ्रिस्टार क्लबलाई स्तब्ध पार्दै साविक बिजेता त्रिभुवन आर्मी क्लब सिमरामा जारी रुस्लान सातौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको हो । सिमरा रंगशाला सोमबार भएको क्वार्टरफाईनल खेलमा लिग बिजेता थ्रिस्टार क्लबलाई पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । यो सँगै अब आर्मीले सेमिफाईनलमा हेटौँडाको विजय युथ क्लब सँग प्रतिस्पर्धा गर्ने भएको छ । गत फागुन १ गतेबाट ८ गतेसम्म हेटौँडामा भएको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाईनलामा आर्मीले टौँडालाई पराजित गदै फाइनलयात्रा तय गरेको थियो । अब हुने सेमिफाईनलमा हेटौँडामा भएको हारको बदला लिने राम्रो अबसर हेटौँडाको लागि हुने छ ।
विजय युथ क्लबका प्रशिक्षक सुविन घिमिरेले हेटौँडाको अन्तराष्ट्रिय गोल्डकपमा भएको हारको बदलाको रुपमा पनि प्रतियोगितामा भिडने तयारी गरिने बताए । प्रतियोगितामा ‘योङ स्टारहरु’ रहेको बताउँदै उनले आफुहरु जितको लागि मैदानमा उत्रने बताए ।
लिग उपबिजेता समेत रहेको आर्मीलाई अन्तिम चारमा पु¥याउने क्रममा बिकास तामाङले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा बिमलको कर्नरबललाई सदुपयोग गर्दै बिकासले गरेको गोल निर्णायक बन्न पुग्यो ।
खेलको सुरुवातदेखी आक्रामक खेल खेल्दै आर्मीले थ्रिस्टारलाई दवावमा राखेको थियो । राष्ट्रिय टिमका केही मुख्य खेलाडी सहभागी भएको आर्मीबिरुद्ध थ्रिस्टारको खेल आकर्षक रहन् सकेन् । खेलको सुरुवातदेखीनै आपसी तालमेल मिलाउन नसकेको थ्रिस्टारले अवसर सिर्जना गर्न नसक्दा पहिलो हाफ १–० को स्थिती सकिएको थियो ।
भारतको गुवाहाटीमा सम्पन्न साग फूटवलमा आकर्षक गोल गर्दै चर्चामा आएका प्रकाश बुढाथोकीसहित मैदानमा उत्रिएको थ्रिस्टारको दोस्रो हाफ पनि खासै रहन् सकेन् । थ्रिस्टारको तुलनामा सन्तुलित देखिएको आर्मीको रक्षापंक्ती बिपक्षी स्ट्राईकर सामु बाधक बनेका थिए ।
थ्रिस्टारलाई लगातार दवावमा राखेको आर्मीका नवयुग श्रेष्ठ खेलको ७८ मिनेटमा घाईते हुदै मैदान छाड्नुपरेको थियो । थ्रिस्टारका पिटर सेगनले बल हान्ने क्रममा जुत्ताले लागेर नवयुगको टाउकोमा चोट लागेको हो । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
खेलको अन्तिम समयसम्म पनि आर्मीबिरुद्ध राम्रा अवसर बनाउन नसकेको थ्रिस्टारले खेलको ८६ औ मिनेटमा पेनाल्टीबाट खेल बराबरी गर्ने मौका चुकायो । आर्मीका बिकास तामाङले सेगन ईतापायोलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा थ्रिस्टारका पिटर सेगन गोल गर्न चुके । पिटरको प्रहारलाई आर्मीका गोलरक्षक बिकेश कुथुले बचाउ गर्दै टिमको जित सुनिश्चित पारेका थिए ।
टिमको पराजयपछि स्तब्ध बनेका थ्रिस्टारका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले सोचेजस्तो प्रदर्शन गर्नै नसकेको बताए । आर्मीको खेल आफ्नो टिमको तुलनामा निकै राम्रो रहेको उनको भनाई थियो । आर्मीका प्रशिक्षक मेघराज केसीले जितबाट खुशी भएपनि केही राम्रा अवसर चुकाउन पुग्दा अन्तिम समयसम्म संघर्ष गर्नुपरेको बताए ।
खेलको म्यान अफ दि म्याच आर्मीबाट खेलेका बिमल घर्तीमगर घोषित भए । बिमलाई नेपालका लागि नवनियुक्त राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जकातो कोजुले ट्रफि प्रदान गरेका थिए । कोजु सिमरा गोल्डकप हेर्न सोमबार सिमरा आएका हुन् । प्रतियोगिता अन्र्तगत मंगलवार दुई पटकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब र रुपन्देही ११ बिच हुनेछ । मनाङले प्रतियोगितामा बाई पाएको हो भने रुपन्देहीले आईतवार बिभागिय टिम नेपाल एपिएफ क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here