दर्शकको प्रतिक्रिया बुझ्न जब पूजा सिनेमा हल पुगिन्…

415
Want create site? Find Free WordPress Themes and plugins.

अभिनेत्री पुजा शर्मा शुक्रबार निकै ब्यस्त रहिन् । उनी अभिनित पछिल्लो चलचित्र ‘म यस्तो गीत गाउँछु’का कारणले उनी ब्यस्त बनेकी हुन् ।  शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको प्रतिक्रिया बुझ्न उनी राजधानीको बिभिन्न चलचित्र भवनमा पुगेकी थिइन् । यो क्रममा दर्शकसँग बसेर आफूले चलचित्रसमेत हेरेको पुजाले बताइन् ।

‘दर्शकसँग बसेर चलचित्र हेर्दा निकै रमाइलो फिल हुँदो रहेछ ’ उनले भनिन् ‘ ‘दर्शकको सिटी र तालीसँग निकै आनन्द भयो ।’ पूजा चलचित्रकी अभिनेत्री मात्र होइनन्, निर्माता पनि हुन् । ‘चलचित्रले कस्तो ब्यवसाय गरिरहेछ । सो बुझ्नु र दर्शकको चलचित्रप्रति कस्तो धारणा छ भन्ने जान्न आफू चलचित्र भवनमा पुगेकी हुँ’ पूजाले भनिन् । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले ब्यवसायको सुखद शुरुवात गरेको उनको भनाई रहेको छ ।  वितरक गोपाल कायस्थले पनि शुक्रबार चलचित्रको ब्यवसाय राम्रो देखिएको बताए । उनले काठमाडौ बाँहिर पनि राम्रो भएको रिपोट आएको सुनाए । पूजा र पल शाहको रोमान्सले भरिएको यो चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here