दशैंको अष्टमीमा परेको हुलाक दिवस आज पहिलो सेवाग्राहीलाई सम्मान गर्दै मनाइयो

36
Want create site? Find Free WordPress Themes and plugins.

३ कात्तिक,३

पहिलो आउने सेवाग्राहीलाई सम्मान गर्दै जिल्ला हुलाक कार्यालय सप्तरीले विश्व हुलाक दिवस मनाएको छ । विश्व हुलाक दिवस गत अक्टोबर ९ तारिकका दिन परेपनि त्यस दिन महाअष्टमी परेकाले हुलाक सेवा विभागले कात्तिक ३ गते अर्थात बुधबार यो दिवस मनाउन परिपत्र गरेको थियो । पत्र अनुसार जिल्ला हुलाकले पहिलो आउने सेवाग्राहीलाई सम्मान गर्दै दिवस मनाएको छ । सम्मानित हुने पहिलो सेवाग्राही संचारकर्मी नै परेका छन् । पत्रिका दर्ता गराउन राजविराजस्थित जिल्ला हुलाक कार्यालय पुगेका पत्रकार राजकुमार पासवानलाई सम्मानित गरिएको छ । पासवानलाई फूलको माला तथा अबिर लगाइदिदैं डायरी र डटपेन हस्तान्तरण गर्दै सम्मान गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख दक्षनारायण श्रेष्ठले जानकारी दिए ।पासवान कंचनरुप साप्ताहिक पत्रिकाको दर्ता गराउन हुलाक कार्यालय पुगेका थिए । विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाकमा सरसफाई समेत गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here