दशैंको टिकट बुकिङ भोलिबाट फेरि खुल्ने

31
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१६

यातायात व्यवसायीहरु दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन तयार भएका छन् । अब भोलिबाट फेरि टिकट बुकिङ खुल्नेछ । सरकारसँग बार्गेनिङ गर्न यातायात व्यवसायीहरुले यो वर्ष नयाँ गाडी थपेका थिएनन् भने असोज ७ गते खुलाइएको बुकिङ पनि केही दिनमा नै सकिएको दाबी गरेका थिए । जसका कारण दशैंमा घर जान चाहने झण्डै ७ लाख मानिस टिकटबिहीन बनेका थिए । दशैं सुरुहुँदा पनि व्यवसायीहरु लचिलो नभएपछि सरकारले दशैंमा घर जान चाहनेहरुलाई नेपाली सेना, प्रहरीदेखि स्कुलका बसहरु सञ्चालन गरेर भएपछि गन्त्व्यसम्म लैजाने योजना बनायो । र, छलफल समेत थालेपछि व्यवसायीहरुले अडान छाडेका छन् । आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन व्यवसायीहरु सहमत भएका छन् । यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसामू व्यक्त गरेको मन्त्री रमेश लेखकले बताए । उनले भने, सरल तरिकाले सवारीसाधनको व्यवस्था हुँदैछ, कसैले चिन्ता गर्नुपर्दैन ।’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भोलिदेखि बसको टिकट बुकिङ खुल्ने अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार यो सहमतिसँगै विद्यालय तथा सुरक्षा निकायको बस चलाउने तयारी तत्कालका स्थगित गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here