दसैंका लागि ६० प्रतिशत टिकट बुकिङ

16
old bus park
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,३०–

दसैंका लागि ६० प्रतिशत टिकट बुकिङ भएको यातायात व्यवसायीले बताएका छन् । अग्रिम टिकट गएको मंगलबारदेखि खुला भएकोमा अहिलेसम्म ६० प्रतिशत बुकिङ भएको नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । टिकट लिएका मध्ये धेरैजसो भने घटस्थापनादेखि घर जानेछन् । उहाँले दसैंंको फूलपातीदेखि यात्रुको भिड धेरै हुने हुँदा फुर्सद भएकाहरुलाई अगाडि नै घर जान आग्रह पनि गर्नुभएको छ । विशेषगरी फूलपातीदेखि तीन दिन यात्रुको धेरै चाप हुन्छ । प्रदेश नम्बर २ मा दसैंं आसपासमा चुनाव हुन लागेकाले त्यस क्षेत्रका यात्रु धमाधम घर जान थालेका छन् । आउँदो सोमबार हुने चुनाव पछि दसैंं सुरु हुने भएकाले प्रदेश नम्बर २ का आठ जिल्लामा चहलपहल बढेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here