दिव्यतारा बहुउद्देश्यीय सहकारीले फुटसल प्रतियोगिता गर्ने

18
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१५-

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले अन्तर सहकारी नकाउट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  संस्थाको १९ औँ बार्षिक साधारणसभाको अवसरमा मकवानपुरमा पहिलो पटक अन्तर सहकारी फुटसल प्रतियोगिता हुने भएको हो । रेडियो मकवानपुरको व्यवस्थापनमा हुने प्रतियोगिता यही भदौ २५ गतेबाट हुँदैछ ।
प्रतियोगिता सहकारीकर्मीहरुबीच भाइचाराको सम्बन्ध विकाससँगै खेलमार्फत स्वस्थ मनोरञ्जन दिने उद्देश्यले आयोजना गर्न लागिएको दिव्यतारा सहकारीका सचिव गणेश भेटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सहभागिताका लागि दर्ता यही भदौ २२ गतेसम्म गर्न सक्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा विजेता टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन् ।
साथै प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ता खेलाडीलाई पुरस्कृत गरिने छ । सहकारीबाट सहभागी हुने खेलाडी सहकारी संस्थाको शेयर सदस्य हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताकैक्रममा सहकारीकर्मी र निजामति अधिकृत कर्मचारीबीच मैत्रीपूर्ण फ्टसल हुने भएको छ । प्रतियोगिताको विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई पुरस्कार आगामी असोज ८ गते दिव्यतारा सहकारीको साधारणसभाको अवसरमा प्रदान गरिने छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here