दुई नम्बर प्रदेशमा जित्नका लागि फोरम नेपालको यस्तो रणनीति

88
Want create site? Find Free WordPress Themes and plugins.

साउन,१३-

अन्तर्घात गर्ने नेता कार्यकर्तालाई तुरुन्त कारवाही 

संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई तुरुन्त कारवाही गर्ने निर्णय गरेको छ । असोज २ गते हुन गइरहेको स्थानीय तहको चुनाव पार्टीलाई कसरी सफल बनाउने भनि रणनीति बनाउँदा यो निर्णय गरेको हो । यसअघि भएका स्थानीय चुनावमा पार्टीभित्र अन्तरर्घात भएको कारण कतिपय ठाउँमा हार्नु परेको निष्कर्ष निकाल्दै तेस्रो चरणको चुनावमा शुरुदेखि नै त्यस्तालाई कारवाही गरि पार्टीबाट निकशन गर्ने नीति बनाएको बताइएको छ ।

तीन दिनदेखिको केन्द्रीय समिति बैठकको अन्तिम दिन शुक्रबार असोज २ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि रणनीति तय गरेको छ । सो रणनीति अनुसार केन्द्रीय पदाधिकारी, जिल्ला अध्यक्ष, प्रदेश इन्चार्ज सम्मलित बनाएको कार्यदलले जिल्ला जिल्लामा गएर अनुगमन गर्ने र त्यसपछि मात्र टिकट दिने, यसपटक एक महिनाअघि नै उम्मेदवाहरुलाई टिकट वितरण गरि हाल्ने, विचार र सिद्धान्त मिल्ने दलसँग चुनावमा तालमेलन पनि गर्ने लगायतका रणनीति बनाएको पार्टीले जनाएको छ । दुई नम्बर प्रदेशमा हुन गइरहेको स्थानीय तहको चुनावमा एक नम्बरको पार्टी हुने दावी सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । आफ्नो मन्तव्य दिने क्रममा उनले दुई नम्बर प्रदेशमा फोरम नेपाललाई एक नम्बरको पार्टी बनाउनका लागि चुनावी क्षेत्रमा खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here