दुई नम्बर प्रदेशमा मनोनयन दर्ताको सबै तयारी पूरा

7
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२०–

दुई नम्बर प्रदेशमा हुने स्थानीय चुनावको मनोनयन दर्ताको सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।  निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरि आयोगले मनोनयन दर्ताका लागि कर्मचारी कागजात लगायत सवै सम्बन्धित ठाउँमा पुगिसकेकाले मनोनयन दर्ताको तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले असोज २ गते हुने चुनावमा सवै दल सहमत हुने अवस्था आएकाले त्यसअघि दुई पटक चुनावको मिति सारेको औचित्य पुष्टि भएको बताउनुभयो । अर्को प्रसंगमा प्रमुख आयुक्त यादवले सरकारले सही समयमा आचार संहिता लागू गरेकाले अब फिर्ता नहुने बताउनुभयो । यसअघि ०६४ सालको चुनाबमा १ सय १७ दिन अघि र २०७० सालमा ८६ दिन अघि नै आचारसंहिता लागू भएको जानकारी दिंदै उहाँले यसपटक पनि चुनावभन्दा ८६ दिन अघि आचार संहिता लागू गरिएको बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here