दुई पत्रकार सम्मानित

39
Blank gold medal with tricolor ribbon - 3d render
Want create site? Find Free WordPress Themes and plugins.

काठमाडौं, जेठ १५ – पत्रकारद्वय संगीता लामा र जगत नेपाललाई यो वर्षको ‘तेज–तीर्थ’ पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

ट्रस्टले शुक्रबार गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पुरस्कार वितरण गर्नुभयो । पुरस्कारको राशि ५० हजार र प्रमाणपत्र रहेको छ ।

त्यस अवसरमा नेता सिटौलाले देश र समाज परिवर्तनमा पत्रकारको भूमिका अहम हुने भएकाले पत्रकारले नागरिक र समाजलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

ट्रस्टका अध्यक्ष तीर्थराम डङ्गोलले मुलुकबाट भ्रष्टाचारको अन्त्य भएमात्र सहिदले परिकल्पना गरेको उन्नत समाज निर्माण हुने बताउनुभयो ।

ट्रस्टका उपसभापति भीमसेनदास प्रधान, सम्मानित पत्रकार लामा र वरिष्ठ पत्रकार हरिहर विरहीले पनि बोल्नुभएको थियो । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here