दुई पेस्तोलसहित फोर्स पार्टीको नेता भक्तपुरबाट पक्राउ

168
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक, ५

आफूलाई राष्ट्रिय फोर्स पार्टीको नेता बताउने एकजनालाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थलीस्थित सुकुम्वासी बस्तीबाट दुई थान पेस्तोल र अन्य धारिलो हतियारसहित पक्राउ गरेको छ  महानगरीय प्रहरीवृत्त, ठिमी र काठमाडौँ विशेष ब्यूरोसहित खटिएको संयुक्त प्रहरी टोलीले पाँचथर पन्चमी–३ घर भई सुकुम्वासी बस्तीमा बस्दै आएका ३५ वर्षीय सचिन्द्र पालुङ्वा लिम्बू लाई पक्राउ गरेको हो । प्रहरीले लिम्बू बस्दै आएको कोठामा खानतलासी गर्दा निजको साथबाट कटुवा पेस्तोल दुई, चक्कु एक, खुकुरी एक, गन्धक सात थान, कम्ब्याट, पिटी जुत्ता तीन जोर, तार एक मुठा र लिम्बुवान्को झन्डा एक थानसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए । पक्राउ परेका लिम्बूलाई हातहतियार, खरखजना ऐनअन्तर्गत बिहीबार मुद्दा चलाएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here