दुई मन्त्रीलाई प्रचण्ड सरकारमा पठाउने तयारी:गच्छदार

27
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२२

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अन्ततः प्रचण्ड सरकारमा जाने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि दुई मन्त्री र दुई राज्यमन्त्रीलाई पठाउने तयारी गरेको छ । सरकारमा जाने विषयलाई लिएर पार्टी नै फुट्न सम्भावना बढेपछि अध्यक्ष विजयकुमार गच्छदार मन्त्री पठाउन तयार भएका छन् । बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले भने, ‘दुई मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारीमा छु ।’ गच्छदारले उपप्रधानसहित दुई मन्त्रालय पाए मात्र सरकारमा जाने अडान लिएका आएका थिए । तर, गच्छदारले आफू मन्त्री नपाए सरकारमा नजाने नीति लिएको भन्दै अन्य नेताहरुले पार्टी फुटाएरै भएपनि सरकारमा जाने तयारी गरेपछि उनी गलेका छन् । गच्छदारले मन्त्रालयबारे कुराकानी हुन बाँकी रहेको बताए । उनले भने, ‘पशुपक्षी मन्त्रालय लिएर मैले साथीहरुलाई जानुस्, पन्छी उडाउनुस् भनेर पठाउने ? मन्त्रालयबारे कुरा हुन्छ ।’ उनले विकास निर्माणका मन्त्रालय दिन प्रयास गर्ने दाबी गरे । तर, सरकारमा जाने हतारोमा रहेका जितेन्द्र नारायण देवसहितका नेताहरुले भने जुन सुकै मन्त्रालयमा जाने बताएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here