दुई महिनामा जनताबाट ८८ अर्ब उठाउँदै सरकार

44
Want create site? Find Free WordPress Themes and plugins.

२७ फागुन, काठमाडौं । आगामी दुई महिनाभित्र सरकारले जनताबाट ८८ अर्ब रुपैयाँ उठाउने भएको छ । चालू आर्थिक वर्षको बजेट भाषणमा उल्लेख भएअनुसार सरकारले सो बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।

सरकारकाले ट्रेजरी बिलमार्फत २० अर्ब ५० करोड, विकास ऋणपत्रमार्फत ६२ अर्ब, ५ अर्बको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र, गरी ८८ अर्ब रुपैयाँ रुपैयाँ उठाउने छ ।

नागरिक बचतपत्रमा ८ प्रतिशत र बैदेशिक रोजगार बचतपत्रमा ९ प्रतिशत व्याज दिने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल र विकास ऋणपत्रको व्याजदर भने बोलकबोलमार्फत निर्धारण गरिने छ ।

सरकारको निर्देशन अनुसार नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजानिक गरेको छ । फागुन २२ गतेदेखि सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको हो ।

अधिक तरलताका कारण बैंकहरुले अत्यन्तै न्यून व्याजदर दिइरहेका बेला सरकारले आकर्षक व्याज दिनेगरी आन्तरिक ऋण उठाउने भएको हो । यसरी उठाएको रकम सरकारले विकास निर्माणमा खर्च गर्ने बताइएको छ ।

राष्ट्र बैंकले उठाउने २० अर्ब ५० करोड रुपैयाँमध्ये ३ सय ६२ दिने, १ सय ८० दिने र ९१ दिने ट्रेजरी बिलमार्फत उठाउने जनाएको छ । फागुन २० गतेदेखि जेठ १० गतेसम्म ट्रेजरी बिल निष्काशन गर्नेछ ।

त्यसैगरी, फागुन ३० गतेदेखि विकास ऋणपत्रमार्फत ६२ अर्ब रुपैयाँ उठाउने प्रक्रिया सुरु हुन्छ । राष्ट्र बैंकका अनुसार विकास ऋणपत्रको भुक्तानी अवधि ८ वर्षदेखि १५ वर्षसम्मको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here