देउवाले भने-भूकम्प पीडितका घर सरकार र प्राधिकरणले बनाइदिने होइन

55
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१८

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसद सदस्यहरु मध्ये समावेशी सिद्धान्तका आधारमा प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुने गरी १४ जना सांसद्लाई परामर्श परिषद्को सदस्य मनोनित गर्ने जिम्मेवारी परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको परिषद्को बैठकले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठनका लागि पनि परामर्श परिषद् अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री दाहालले आवश्यक परामर्श गरी सांसद सदस्यहरुको मनोनयन र सहजीकरण समितिको गठन गर्ने बताए । सहजीकरण समितिमा बढीमा ११ जना सदस्य रहने व्यवस्था छ । बैठकमा प्रधानमन्त्री दाहालले ४५ दिने अभियान अन्तर्गत जनतालाई आवास अनुदान वितरण गर्ने काम सन्तोषजनक नै भएको बताउँदै परामर्श परिषद्को बैठक बस्नु पूर्व निर्देशक समितिले गरेका निर्णयहरुको कार्यान्वयनमा जुटन सम्बन्धित सबैलाई निर्देशन दिए । प्रधानमन्त्री दाहालले पुनर्निर्माणलाई आफूले मुख्य प्राथमिकतामा राखेको र जनताको अपेक्षा अनुसार पुनर्निर्माणका काम अघि बढाउनका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने महसुस गरेर नै परामर्श परिषद्को कानूनी व्यवस्था गरिएको बताए । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार र प्राधिकरणले जनताको घर नबनाउने स्पष्ट पार्दै जनतालाई घर बनाउन आग्रह गर्नु पर्ने धारणा व्यक्त गरे । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले चुनौतीहरुको बाबजदु प्राधिकरणले गरेको कामहरु राम्रो लागेको बताए । परामर्श समितिको उपाध्यक्ष प्रमुख विपक्षी नेता हुने प्राबधान रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई प्रतिनिधि पठाएका हुन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here