देउवा र ओलीबिच राजनीतिक छलफल

20
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,२६–

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ । एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान संशोधन र स्थानीय चुनावबारे कुराकानी भएको कांग्रेस सभापति देउवाले जानकारी दिनुभयो । बैठकपछि उहाँले छलफल सकारात्मक भएको र थप छलफल आवश्यक भएको जानकारी दिनुभयो । यसैगरी, एमालेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङले पनि छलफल सौहार्दपूर्ण रहेको भन्दै राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा तीन ठूला दलको बैठक फेरि बस्ने बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here