देशभरीकै महिला उद्यमी हेटौंडामा

31
Want create site? Find Free WordPress Themes and plugins.

असार,१८-

नेपाल उद्योग वाणिज्य महासंघले देशभरी रहेका महिला उद्यमीहरुको राष्ट्रिय भेला आउँदो असार २३ र २४ गते मकवानपुरको हेटौंडामा गर्ने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघले भेलाको बारेमा आईतबार पत्रकार सम्मेलन मार्फत देशभरिका प्रतिनिधि महिलाहरु हेटौंडामा जम्मा हुने जानकारी दिएको हो ।  भेलामा ‘अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा महिला उद्यमीहरुको प्रबद्र्धन’ विषयमा छलफल गरिने जनाईएको छ । स्थानीय रुपमा कार्यक्रमको संयोजन गरिरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौडामा कार्यक्रमको बारेमा सञ्चारकर्मींहरुलाई जानकारी दिएका थिए । देशभरीका नगर उद्योग वाणिज्य संघमा आबद्ध तथा व्यवसायमा क्रियाशील करीब १ सय ५० जना महिला उद्यमीहरुको सहभागिता रहने सो कार्यक्रममा आ–आफ्नो क्षेत्रका समस्या, कानूनी रुपमा आएका व्यवधानहरुको बारेमा छलफल गरिने र छलफलको निष्कर्षलाई महिला उद्यमी घोषणा पत्रको रुपमा कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेश गरिने आयोजकले जनाएको छ ।
महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा महिला उद्यमीहरुको उत्पादनको समेत प्रदर्शनी गरिने जनाईएको छ । नेपालको कूल ग्राहस्थ उत्पादनको ५० प्रतिशत योगदान महिलाहरुको रहेको र हाल सञ्चालनमा रहेका सानातिना समेत गरी करीब २ लाख उद्योगहरु महिलाहरुकै नामबाट सञ्चालनमा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, सचिव उज्वल चौलागाई, महिला सभापति निलम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here