दैनिक ४० हजार लिटर दुध संकलन गर्दै हेटौँडा दुग्ध विकास सस्थान

87
Want create site? Find Free WordPress Themes and plugins.

साउन,१-
दुग्ध विकास संस्थान हेटौडा दुग्ध बितरण आयोजनाले आज आप्mनो ४९ औ बार्षिकोत्सव बिबिध कार्यक्रम गरी मनाएको छ । सस्थानले आज स्थापनाको ४९ औ बर्ष प्रबेशको अवसरमा शुभकामना आदान प्रदानका साथै उत्कृष्ट दुध उत्पादक सहकारी,दुध चिस्यान केन्द्र,उत्कृष्ट बुथम्यान,उत्कृष्ट डिलर लगायतलाइ नगद सहित सम्मान पत्र बितरण गरेको हो । दुग्ध बितरण आयोजनाका प्रमुख सन्जीब लाल प्रधानको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा दुग्ध बितरण आयोजनाका ट्रेड युनियन सभापति प्रदिप अर्याल,उपभोक्ता हित संरक्षरण मन्च मकवानपुर प्रमुख बासु देब खतिवडा,पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाँइ लगायतले सस्थानको काममा सुधारका साथै अझै धेरै बिस्तार गर्नुपर्ने बताएका छन ।  २०२६ सालमा स्थापना भएको सस्थानले ४४ ओटा जिल्लालाइ कार्य क्षेत्र बनाएको छ भने हाल दैनिक ४० हजार लिटर सम्म दुध संकलन गरिरहेको छ । संस्थानबाट अहिले मकवानपुर जिल्ला अगायत ४४ ओटा जिल्लाका २० हजार भन्दा बढी घरपरीवार लाभान्वित रहेको र सस्थानले दैनिक एक करोड बराबरको दुध जन्य पर्दाथ बिक्री बितरण गरीरहेको तथ्याङकमा उल्लेख गरीएको छ ।

सम्झना रिजाल

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here