दोलखामा दुई जना पुरुषको शव भेटियो

24
Want create site? Find Free WordPress Themes and plugins.

असोज १५ – दोलखा नाम्दु गाविस–२ स्थित तामाकोशी नदीको तिरमा र भिमेश्वर नगरपालीका–२ स्थित तिखातलमा गरी दुई पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिमेश्वर मन्दिर जाने सडक अन्र्तगत तिखातल भन्ने स्थानमा सडक भन्दा केही तल बारीको कुनामा स्थानीय सानुराम योगीको शव फेला परेको हो । योगीको शवलाई प्रारम्भिक अनुसन्धान पछि आफन्तलाई बुझाइएको प्रहरी निरिक्षक विनोद कुमार सुनुवारले जानकारी दिनुभयो । त्यस्तै तामाकोशी नदी किनारमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको हो । शवको पहिचान हुन सकेको छैन । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here