दोलखामा पहिरोले २ जनाको मृत्यु, एकै घरका पाँच जना बेपत्ता

47
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १६ – दोलखाको लामाबगर–४ मा बुधबार राति गएको पहिरोमा परि २ जनाको ज्यान गएको छ । पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता भएका छन् । एक जनाको भने उद्धार गरिएको छ । पहिरोमा परी ज्यान गुमाएका १६ वर्षका बडुले तामाङ र १९ वर्षकी पेममाया तामाङको शव भेटिएको छ । गाउँ माथिबाट खसेको पहिरोले चार वटा घर बगाएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक भरत कार्कीले बताउनुभयो । पहिरोले पाँच जनाको परिवार बसेको एउटा घर खोलामा पुर्‍याएको छ । घर खोलाले बगएकाले उनीहरुको अवस्था थाहा हुन नसकेको कार्कीले बताउनुभयो । उनीहरुको खोजी  भइरहेको छ ।  राति सुतेका बेला पहिरो गएको हो । पहिरोमा पुरिएका ५६ वर्षका मिनबहादुर ठकुरीको उद्धार गरिएको प्रहरीले जनाएको छ । गाउँमाथिको पहाड चिरिएकाले पहिरो खतरा अझै रहेको प्रहरीले जनाएको छ । पहिरोको जोखिममा रहेको दुई घरका परिवारलाई तत्काल सुरक्षित ठाउँमा सर्न आग्रह गरेको पनि प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here