दोलखा: मर्मत भइरहेको पुलबाट खसेर एक वृद्धाको मृत्यु

66
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक १० – भीरकोट र जफे गाविसको सीमानामा पर्ने धोलीखोलाको पुलबाट खसेर एक वृद्धाको ज्यान गएको छ । मर्मत भइरहेको धोलीखोलाको पुलबाट खसेर भिरकोट गाविस–१ कि ८५ वर्षिया सुकमाया माझीको ज्यान गएको दोलखाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभयो । गएको साउनको तेस्रो हप्तातिर आएको बाढीले धोलीको खोलाको पक्की पुल बगाएपछि अस्थायी बेलिब्रिज राखिएको थियो । बेलिब्रिज पनि कमसल भेटिएपछि मर्मतका लागि फलामेपाता झिकिएको बेला घाँस काट्न हिँडेकी वृद्धाको पुलबाट खसेर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here