धनकुटामा जीप दुर्घटना हुदा दुईको मृत्यु सात जना घाइते

28
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,१३
धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको जीप शुक्रबार साँझ दुर्घटना हुँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । जीप सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राई र सुनसरीकी ४५ बर्षिया सुशिला श्रेष्ठको मृत्यु भएको हाे । घाइतेहरुको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय छिन्ताङ्गले जानकारी दिएको छ । भोजपुरको घोडेटार हुँदै हसनपुरबाट अरुण नदीसम्म कच्ची बाटो यसै वर्ष खनिएको हो । त्यहाँबाट अरुण नदी पारी धनकुटाको अखुवाटार हुँदै तमोरको मुलघाट निकालेर धरानसम्म जाने कच्ची बाटो पनि जोडिएको थियो । यही बाटोबाट आउने क्रममा सवारी दुर्घटनामा परेको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here