धनराज गुरुङले भने – बढेको तलब चाहिँदैन, भूकम्प पीडितलाई दिनु

23
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ६ – नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो वृद्धि भएको तलब भत्ता साथै सुविधाका लागि प्राप्त हुने सबै रकम भूकम्प पीडितको राहत कोषमा जम्मा गरिदिन आग्रह गर्नुभएको छ । भूकम्प र नाकाबन्दीपछि मुलुकको आर्थिक अवस्था अत्यन्त कमजोर बनेको र पुनर्निर्माणको काम अगाडि नबढेको, भूकम्प पीडितले राहत नपाएको यस्तो अवस्थामा आफूले बढेको तलब भत्ता नलिने सांसद गुरुङले बताउनुभएको हो । उहाँले सोमबार संसद सचिवालयमा निवेदन दिएर आफूलाई बढेको सुविधा रकम र तलब नचाहिने बताउनुभएको हो । हिजाे अाइतबार संसद पदाधिकारी एवं सदस्यको तलब भत्ता र सुविधा रकम २०७३ साउन महिनादेखि लागू हुने गरी बढाउने विधेयक पारित भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here