धरहरा पुनःनिर्माण कोषको बैंक खाता खोलियो

28
Want create site? Find Free WordPress Themes and plugins.

५ फागुन, काठमाडाैं । ‘मै बनाउँछु धरहरा अभियान’ अन्तर्गत धरहरा पुनःनिर्माण कोषको बैंक खाता खोलिएको छ । खातामा धरहरा पुनःनिर्माणमा इच्छुक जोसुकैले रकम जम्मा गर्न सक्नेछन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थापाथलीस्थित राष्ट्रिय बाणिज्य बैंकमा १४३०००१९८००१ नम्बरको खाता खोलेको हो ।

खातामा प्रधानमन्त्री केपी ओलीको एक महिनाको पारिश्रमिक ६१ हजार ८२० सबैभन्दा पहिले जम्मा भएको प्राधिकरणका कायममुकायम सचिव मधुसुधन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जनताकै लगानीमा धरहरा निर्माण गर्ने घोषणा गरेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि धरहरा पुनःनिर्माणको लागि १ महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका थए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here