धरानलाई हराउँदै नेपाल पुलिस उपाधि नजिक

10
Want create site? Find Free WordPress Themes and plugins.

माघ,१८-

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्ड कपको  बिहीबार भएको खेलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबले अब शनिबार आहा रारा गोल्ड कपको उपाधिका लागि रुस्लान थ्री स्टार क्लब काठमाण्डौँसँग भिड्ने भएको छ ।

खेलको २२ औं मिनेटमा पाएको पेनाल्टी सुटलाई सुमन लामाले सदुपयोग गर्दै  नेपाल पुलिस क्लबलाई फाइनलमा पुग्नका लागि जित सुनिश्चित गरेका हुन् । रोमन लिम्बुले डिबक्सभित्र रवि पासवानलाई  लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेलो कार्ड देखाउँदै पेनाल्टी दिएका हुन् । पेनाल्टी दिएको समय खेल केही समय अवरुद्ध समेत भएको थियो भने रेफ्रिले दिएको पेनाल्टी सुटलाई गलत डिसिजन गरेको भन्दै धरान मैदान बाहिर जाने निर्णयमा समेत थियो । धरानले पोखरा रंगशालामा आज भएको खेलमा उत्कृष्ट प्रदर्शन समेत ग¥यो तर गोल गर्न भने सकेन ।

धरानले ९० औँ मिनेटसम्मको खेलमा छ पटक कर्नर हान्ने अवसर पाएको थियो । २९ औं मिनेटमा बर्तमान राईले हानेको बललाई पुलिसका गोलकिपरले पन्च गर्दा धरानले कर्नरको अवसर पायो । ३१ औं मिनेटमा बर्तमान राईले हानेको कर्नर बललाई विष्णु सुनारको हेड आउट हुन पुग्यो । ४१ औं मनोज राईको लङ थ्रो बललाई बर्तमान राईले डिबक्स भित्रबाट हानेपनि डिफेन्सको खुट्टामा लागेर फर्किएको थियो । धरानले ५४ औं मिनेटमा डिबक्सको आर्क नजिकै पाएको फ्रिकिकलाई चुकायो । आठजना पुलिसका खेलाडी बार बसेका थिए । बर्तमान राईको प्रहार खेलाडी बार काट्न सकेन् ।

पुलिसले भने ११ औं मिनेटमा अभिषेक रिजालको प्रहार  बचाउ गरेका थिए । ३५ यार्ड टाढाबाट प्रहार बल सिधै पोष्टको दिशातर्फ गएको थियो । तर गोलकिपरले बचाउ गर्दै धरानमाथिको दवावलाई मत्थर बनाए । ७५ औं मिनेटमा पुलिसको अर्को मुभ बन्यो । सुमन लामाले गोलकिपर अगाडि बढेको अवस्थामा हानेको लङ बललाई गोलकिपर पछाडि सर्दै समाते । ७८ औं मिनेटमा सुशान लामाले हानेको बललाई पनि गोलकिपरले पन्च गरे । डिफेन्सले त्यसलाई क्लियर गर्दै धरानको अन्तर बढ्ने जोखिम न्यूनीकरण गरे । ८५ औं मिनेटमा भोला सिलवालले डिबक्सभित्र उपलब्ध गराइदिएको सटपासलाई तेज तामाङले गरेको प्रहार पनि गुम्यो । खेलमा नेपाल पुलिस क्लबका गोलकिपर शत्रुघन चौधरीलाई म्यान अफ दि म्याचबाट सम्मानित भए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here