धोनीको ठाउँ लिन कोहली तयार

51
India's Virat Kohli waves his bat to the crowd as he leave stye filed with teammate MS Dhoni during their ICC World Twenty20 2016 cricket semifinal match against the West Indies at Wankhede stadium in Mumbai, India,Thursday, March 31, 2016.(AP Photo/Rafiq Maqbool)
Want create site? Find Free WordPress Themes and plugins.

जेठ १८ – भारतीय क्रिकेट टिमका पूर्व टिम निर्देशक रवी शास्त्रीले विराट कोहली सबै प्रकारका क्रिकेटको कप्तानी गर्न तयार भएको बताएका छन् । पूर्व खेलाडी समेत रहेका शास्त्रीले कोहली महेन्द्र सिंह धोनीको ठाउँ लिँदै एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको पनि जिम्मेवारी लिन तयार भएको बताए । कोहली अहिले टेस्ट टिमको कप्तान छन् भने धोनीले एक दिवसीय र ट्वेन्टी–ट्वेन्टीको जिम्मेवारी सम्हाल्दै आएका छन् । कोहलीलाई कप्तान बनाउने राम्रो समय अहिले नै रहेको शास्त्रीको भनाई छ । भारतले अबको झण्डै दुई वर्ष निकै कम मात्रै एक दिवसीय क्रिकेट खेल्ने भएकाले यो समय कोहलीलाई कप्तान बनाएर भारतीय क्रिकेटलाई अघि लैजाने बारे तयारी गर्न सकिने शास्त्रीले बताए । कोहलीले टेस्टको कप्तानी राम्रो गरिरहेकाले सीमित ओभरको खेलमा पनि राम्रो गर्ने उनको भनाई छ ।
– एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here