नक्कली प्रहरी बनेर ठगी गर्ने दुईजना पक्राउ

38
Want create site? Find Free WordPress Themes and plugins.

१८ फागुन, काठमाडौं । नक्कली प्रहरी बनेर प्रहरीमा जागीर लगाइदिने प्रलोभन देखाई ठगी गर्ने दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

आफु एआइजीको ड्राइभर भएको र राष्ट्रिय अनुसन्धानको असई पदमा जागीर लगाइदिने बहानामा ठगी गर्ने काठमाडौं चावहिलका अजित बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले गुल्मीका मिलन पाण्डेलाई सनुसन्धानको असईका लाथि रुद्रबहादुर ढकाल र त्यहाँका डिआइजीलाई घुस खुवाउन भन्दै रमक लिएका थिए ।

त्यस्तै अपराध महाशाखाको प्रहरी हुँ भन्दै ठगी धन्दा चलाएका सिन्धुपाल्चोकका दिपेन्द्र केसीलाई पनि प्रहरीले सितापाइलाबाट पक्राउ गरेको छ । उनले आफु प्रहरीको केरकारको प्रहरी भएको र चाहेजति ग्यास उपलब्ध गराउन सक्छु भनेपछि सल्लाघारीका रुनिी खड्काले ५० हजार दिएकी थिइन् । ५० हजार लिएर फरार भएका उनलाई अपराध महाशाखाकै प्रहरीले पक्राउ गरेको हो ।

केरकारका क्रममा उनले प्रहरीको बर्दी लगाएर फोटो खिच्ने र त्यही फोटो देखाएर ठगी गर्दै आएको खुलेको छ । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here