नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न एक समूहलाई तनहुँ प्रहरीद्रारा पक्राउ

40
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १७ – नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न एक समूहलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । चेकिङको क्रममा शंका लागेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न दुई जना र नक्कली लाइसेन्स प्रयोग गर्ने तीन जना गरी पाँच जनालाई नियन्त्रणमा लिएको हो । नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पोखरा उपमहानगरपालिका–१३ घर भई पोखराको नयाँबजारमा दिपशिना प्रिन्टर्स सञ्चालन गर्दै आएका ३१ वर्षे दीपक पौडेल र नक्कली लाइसेन्स बनाई वितरण गर्ने मुनाल ड्राइभिङ इन्स्टिच्युटका सञ्चालक २४ वर्षे बिनोद खड्का पक्राउ परेको तनहुँका प्रहरी उपरीक्षक कृष्णकुमार महतले बताउनुभयो । यसैगरी नक्कली लाइसेन्सको प्रयोग गरेर ट्रक चलाउँदै आएका तनहुँ बन्दिपुर–२ का २१ वर्षे प्रेम गुरुड, तनहुँ देउराली–९ का २० वर्षे धनप्रसाद गुरुङ र देउराली– ६ का २१ वर्षे धनबहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  अनुसन्धानको क्रममा दिपशिना प्रिन्टर्सबाट विभिन्न सरकारी कार्यालयका छाप, प्रमाणपत्रहरु समेत बरामद गरिएको प्रहरी उपरिक्षक महतले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here