नगरसँग जोडिएको क्षेत्रलाई पहिलो प्राथमिकता दिने बलको प्रतिबद्धता

24
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,११-

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार बलराम बलले नगरसँग जोडिएका क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता गरेका छन् । सोमबार हेटौँडा उपमहानगरपालिका वडा नं. १५ शिखरपानीमा भएको चुनावी सभामा बोल्दै बलले नगरक्षेत्रमा हालसालै गाभिएका साविक गाविसमा पर्ने क्षेत्रहरुको विकासमा जोड दिने बताएका हुन् । ‘यहाँको विकास गरी समृद्ध नगरकै हाराहारीमा पुराउँछु ।’ उनले भने । बलको प्रमुख आतिथ्यता तथा संयुक्त वडा ईन्चार्ज लिलाकुमार घलानको सभाध्यक्षतामा चुनावी सभा भएको थियो । सभामा संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) , उप मेयरका उम्मेदवार कमला पौडेल, पुर्व सभासद शेरबहादुर पहरी, मजदुर नेता रामशरण घिमिरे, वडा नं. १५ का वडाअध्यक्षका उम्मेदवार लालबहादुर घलान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चन्द् घलान

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here