नम्बर नखुलेको गाडीको ठक्करले पैदल यात्रुको मृत्यु

16
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ९ – नम्बर नखुलेको एक गाडीले ठक्कर दिँदा भक्तपुरको  चाँगुनारायण नगरपालिका– १७ झौखेलका  ५४ वर्षे हरि माकाजूको ज्यान गएको छ । मध्यपुरथिमी चोक नजिकै आकाशे पुल मुनि माकाजूलाई ठक्कर दिएर गाडी फरार भएको थियो । घाइते माकाजूलाई उपचारका लागि मध्यपुर अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार रहेको गाडी र चालकको खोजी भइरहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको उहाँले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here