नयाँ नोटका लागि रातिदेखि नै लाइनमा

43
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१७

विहान झिसमिसे नै थियो । तर, थापाथलीमा मानिसहरु लाइनमा बसिसकेका थिए । दशैंको बेला मानिसहरु किन लाइन बसेको होला भन्ने जिज्ञासा देख्नेहरुलाई हुने नै भयो । लाइन राष्ट्र बैंकको मुल गेटमा रोकिएकाले थाहा भयो कि यो त नयाँ नोट लिने लाइन पो रहेछ । बिहान ८ नबज्दै यो लाइन निकै लामो भइसकेको थियो । र, प्रसुती गृह नजिक पुगिसकेको थियो । लाइनमा बसेकाहरु भन्दै थिए, ‘राति ४ बजेबाट नै लाइन बसेको ।’ दक्षिण कोरियामा रोजगारीमा जान भाषा परीक्षाको फर्म भर्न रातभर लाइन बसेको त देखिएको थियो । तर, नयाँ नोट साट्न राति नै लाइनमा बसेको पनि देख्न पाइयो । राष्ट्र बैंकले सर्वसाधारणका लागि आइतबारबाट नयाँ नोट सटहीको सुविधा दिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here