नयाँ राजदूतमा भारतका लागि दिपकुमार र चीनका लागि लिलामणी

57
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १६ – सरकारले दिपकुमार उपाध्यायलाई भारत र लिलामणी पौड्याललाई चीनका लागि राजदूत सिफारीस गरेको छ । मन्त्रीपरिषदको बिहीबारको बैठकले यसअघि पनि भारतकै राजदूत रहेका उपाध्यायलाई फेरि भारतकै राजदूत बनाउने र यसअघि मुख्य सचिव रहेका पौड्याललाई चीनका लागि राजदूत बनाउने निर्णय गरेको हो । केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई तीन महिनाअघि राष्ट्रहित विपरित काम गरेको भन्दै राजदूतबाट फिर्ता बोलाएको थियो । पूर्व मुख्यसचिव समेत रहेका पौड्याल भने यसअघि चीनको ग्वान्जाओमा रहेको महावाणिज्यदुतमा काम गर्नुभएको थियो । यस्तै सरकारले  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मिनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । उहाँसँग लामो समय राष्ट्र बैंकमा काम गरेको अनुभव छ । यस्तै मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको आर्थिक सल्लाहकारमा डाक्टर श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा पूर्व राजदुत ऋषी अधिकारीलाइ नियुक्त गरेको छ । त्यस्तै मन्त्रीपरिषदले स्थानीय प्रदेश तथा संघीय संसदको चुनावका लागि आवश्यक पर्ने कानुन निर्माणका लागि सैद्धान्तिक स्वीकृती दिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here