नयाँ शक्ति केन्द्रमा मकवानपुरको प्रतिनिधित्व नहुने संभावना बढ्यो

43
Want create site? Find Free WordPress Themes and plugins.

हेटौंडा 31,धमेन्द्र दाहाल
नयाँ शक्ति नेपालले ९९ जनाको मात्र केन्द्रीय समिति बनाउने भएको छ । पार्टीले बनाएको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति बने पनि अहिलेको भेलामा ९९ जना मात्र केद्रीय सदस्य बनाउनुपर्ने माग बृहत रुपमा उठान भएपछि सदस्य सङ्ख्या ९९ मात्र हुने संभावना बढेको बताईएको छ । खबर ब्रेकलाई प्रतिक्रिया दिँदै हाल काठमाण्डौँमा चलिरहेको नयाँ शक्तिको पार्टी स्थापना भेलामा रहेका नयाँ शक्ति मकवानपुरका संयोजक प्रल्लाद लामिछानेले ९९ जनाको केन्द्रीय समितीमा मकवानपुरके प्रतिनिधित्व हुने संभावना न्युन रहेको बताए । उनले भने ‘माथिल्लो निकाय तथा अन्य पार्टी परित्याग गरि आएका अनुभवि नेताहरुलाई समावेश गर्नु पर्ने भएकोले केन्द्रीय समितीमा मकवानपुरको संभावना निकै न्युन रहेको छ ।’ यदि अन्त्य सम्म १ सय ५१ जनाको केन्द्रीय समिती बनेमा मकवानपुरको संभावना केहि रहने समेत उनले बताए । हाल भेलामा मकवानपुरको तर्फबाट ५ महिला सहित ३४ जना प्रतिनिधिहरु रहेका छन्। पार्टी बहुपदीय बन्ने विधानमा उल्लेख भए पनि अहिलेका लागि पार्टी नेता बाबुराम भट्टराई संयोजक रहनेछन् भने अन्य केन्द्रीय सदस्य मात्र हुने बताईएको छ । यस अर्थमा अर्को महादिवेशन नभएसम्म पार्टी अध्यक्षात्मक प्रणालीको ढाँचामा चल्ने श्रोतले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here