नयाँ शक्ति र फोरम एकीकरणका लागि बन्यो तीन सदस्यीय समिति

19
Want create site? Find Free WordPress Themes and plugins.

वैशाख,८–

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबिच पार्टी एकताको लागि ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ । डा. बाबुराम भट्टराई, उपेद्र यादव र अशोक राई सम्मिलित समिति गठन गरिएको हो ।  पार्टी एकताको लागि दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत भएको छलफलमा पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणालीमा एउटै दुष्टिकोण बन्दै गएको दुबै पार्टीले संयुक्त विज्ञप्तीमार्फत जनाएको छ । पार्टी एकतालाई निष्कर्षमा पुर्याउन ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको उनीहरुको भनाई छ । समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई छिटो निष्कर्षमा पुर्याउने सहमति भएको विज्ञप्तीमा उल्लेख छ ।  साथै सङ्घीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह पनि गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here