नयाँ सरकार गठनमा हतारिनु गलत : सुजाता कोइराला

25
Want create site? Find Free WordPress Themes and plugins.

असार ३१ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकार परिवर्तनका लागि संवैधानिक जटिलता रहेको बताउनु भएको छ । उहाँले नयाँ सरकार गठन गर्दा आईपर्ने संवैधानिक जटिलताको अध्ययन नै नगरी हतारिनु गलत भएको बताउनु भयो ।

शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारलाई हटाउँदा आइपर्ने संवैधानिक जटिलताका बारेमा अध्ययन नगरी निर्णय गर्नु गलत भएको बताउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अबको भूमिकाले अब कसको नेतृत्वमा कस्तो सरकार बन्छ भन्ने निर्धारण गर्ने कोइरालाले बताउनुभयो ।

वर्तमान समयमा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सबैलाई समेटर अगाडि बढेर सहमतिको सरकार निर्माण भएमात्रै देशले निकास पाउने टिप्पणी गर्दै कोइरालाले भन्नुभयो ‘कांग्रेस र एमाले मिलेर अगाडि नबढे संविधान कार्यान्वयनमा जटिलता आउँछ, छिटो छिटो सरकार परिवर्तनले नेपालको आर्थिक विकास र राजनीतिक परिवर्तनमा ठूलो धक्का लाग्छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय कमिटीमा छलफल नै नगरी हरेक बिषयमा एकल निर्णयका सुाथ अगाडि बढ्दा नेपाली काँग्रेसलाई नै क्षति पुग्ने बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेस केन्द्रिय कमिटीसँगको छलफल गरेर मात्रै पार्टीले कुनै पनि कुरामा निर्णय गर्नुपर्छ, पार्टी एकलौटी ढंगले अगाडि बढ्नु हँुदैन, अपूर्ण कमिटीलाई तत्काल पूरा गर्नु पर्छ ।’

वर्तमान सरकारले तय गर्न लागेको चीनका राष्ट्रपतिको नेपाल भ्रमण कुनै बाहनामा रोकिए नेपालको छवि बिश्वमै नकारात्मक हुने भन्दै उहाँले जुनसुकै सरकार भएपनि चीनियाँ राष्ट्रपतिका भ्रमण रोकिनु नहुनेमा उहाँले जोड दिनुभयो।

चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भए नेपालले ठूलो परिवर्तनको बाटो समात्ने नेतृ कोइरालाले बताउनुभयो । कोइरालाले भन्नुभयो, ‘जसको नेतृत्वमा सरकार गठन भएपनि नेपाल र भारतसँगका मैत्रिपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै चीनियाँ राष्ट्रपतिको भ्रमणलाई निश्चित गरी देशको परिवर्तनको ढोका खोल्नु पर्छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here