नवज्योति टोल बिकासको साधारण सभा सम्पन्न

13
Want create site? Find Free WordPress Themes and plugins.
साउन,२९-
हेटौंडा ७ नागस्वती स्थित नवज्योति टोल बिकास संस्थाको १७ अौ साधारण सभा शनिवार सम्पन्न भएको छ ।संस्थाकी अध्यक्ष बिनादेबी बोगटिको सभाध्यक्षता तथा ७ नं वडा अध्यक्ष राजन थापाको प्रमख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।संस्थाले अा.व. २०७३/७४ मा ११ लाख २३ हजार को कारोवार गर्न सफल भएको छ ।९२ जना सदस्य रहेको संस्थाको लेखा परिक्षण प्रतिवेदन तथा ऋण लगानि अशुलि कार्यविधि संस्थाका कोषाध्यक्ष सुशील सुबेदीले प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष बोगटिले बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सचिव उर्मिला अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा अध्यक्ष राजन थापाले टोल बिकास बचत तथा ऋणको कारोवार गर्ने थलोको रुपमा मात्र रहननहुने बताउदै टोल बिकासको ब्यबस्थापनमा नागस्वती चोकमा सार्वजनिक शौचालय र खानेपानि टयाङ्किको ब्यबस्था गर्न सुझाव दिदै सहयोगको लागि बडा कार्यालय तयार रहेको बताउनु भयो ।कार्यक्रममा हेटौंडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेत,तासिर ईङलिस बोडिङ्का अध्यक्ष मिठ्ठे बहादुर कार्कि स्मृति टोल बिकास संस्थाकी उपाध्यक्ष लिलामाया खड्का लगायत अतिथिहरु रहनुभएको थियो ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here